अब एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइने



एजेन्सी : कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले खेलका दौरान पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका छन् ।

एउटै खेलमा ५ खेलाडी परिवर्तन गर्न पाउने भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ। यसअघि हरेक टोलीले ३ खेलाडी मात्र परिवर्तन गर्न पाउँथे । सुरक्षाका लागि थप खेलाडी परिवर्तन गर्न पाउने नियममा सहमती जनाएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा फुटबलको नियम स्थापित गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले डिसेम्बर २०२० सम्मका खेलमा यो नियम लगाउन सकिने जनाएको छ ।

युरोपका धेरै प्रतियोगिता सहित युरोपा लिग र च्याम्पियन्स लिगका अधिकांश खेल बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्