जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



भोजपुर : प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । ट्याम्केमैयुङ गाउँपालिका-७ कोट बस्ने ६७ वर्षीय काजीमान सुयललाई प्रहरीले पक्राउ गरेको हो।

सोही ठाउँमा पसल गरी बस्ने सुयलले ती किशोरीलाई शुक्रबार दिउँसो विभिन्न प्रलोभनमा पारी घर नजिकैको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्