ब्राइटनका थप एक खेलाडीमा कोरोना संक्रमण



एजेन्सी : इंग्लिस क्लब ब्राइटनका थप एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ ।
क्लबले खेलाडीको नाम भने गोप्य राखेको छ ।

उनी १४ दिने सेल्फ आइसोलेसनमा रहेको बताइएको छ । कोरोनाको संक्रमण देखिने उनी तेस्रो खेलाडी हुन् । यस अघि दुई खेलाडीमा पनि कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्