कोशी अस्पतालबाट दुई जना डिस्चार्ज



विराटनगर : विराटनगरस्थित कोशी अस्पतालबाट दुई जना कोरोना संक्रमित व्यक्ति निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् ।

पछिल्लो पटक गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

अस्पतालबाट डिस्चार्ज भएका दुवैजनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गरेका थिए ।

गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका राईले वैशाख १३ गते र फागुन २७ गते भारतबाट घर आएको आलम वैशाख १४ गते अस्पताल भर्ना भएका थिए ।

डिस्चार्ज भएका दुवै जनाले अस्पतालले भने अनुसार क्वारेन्टाइनमा १४ दिन बस्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्