प्रहरीद्वारा मानवअधिकारको उल्लंघन गर्दै महिलामाथि लाठी प्रहार



नकपुरधाम : जनकपुरमा प्रहरीले मानवअधिकारको धज्जी उडाएको देखिएको छ । सरकारले लकडाउनको अवधिमा जनताको समस्यालाई समेत ख्याल गर्दै प्रहरीलाई व्यवहारमा सुधार ल्याउन भनेपनि उनीहरु झन बढि क्रुर बन्दै गएको छ ।

सर्वसाधारणको घरमै पसेर कुटपिट गर्ने देखि सर्वसाधारण आफ्नो घर अगाडी बस्दा पनि प्रहरीले मानवअधिकारको कुनै ख्याल नै नगरी कुटपिट गर्न तर्फ अग्रसर हुन थालेको हो ।

आइतबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ पेठियास्थित आफ्नो घरमा ५५ वर्षिय गीता देवी ठाकुर स्नान गरिरहेको बेला प्रहरीको एक टोली अचानक प्रवेश गरी आफ्ना कामदारहरुलाई गाली गलौँज गर्दै कुटपिट गरेको दुःखेसो सुनाईन ।

उनले भनिन,‘म दिउँसो बाथरुममा स्नान गरिरहेको बेला जिरोमाईल प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामप्रसाद कुर्मीको टोली एकाएक गेटमा आएर ढोका ढकढकाउँदै सबैलाई डराईदियो ।’

घरको मुल ढोका ढकढकाउदैँ एकाएक प्रहरी भित्र प्रवेश गरेपछि मेरो एकजना कामदारले उनीहरुलाई घरमा यसरी किन प्रवेश गरेको भन्दै प्रश्न गर्दा सबैलाई हप्काउँदै घर भित्र पसेको र घरमा रहेका बहिनी ज्वाईलाई एकाएक कुटपिट गरेको उनको दुःखेसो छ ।

त्यस्तै आफ्नो घर अगाडी बसिरहेका महावीर युवा कमिटीका निवर्तमान उपाध्यक्ष ४५ वर्षिय दिलिप कुमार साहलाई समेत प्रहरीले अनाहकमा कुटपीट गरेको छ । उनले आफु आईतबार बेलुका आफ्नो घर अगाडी बसिरहेका बेला प्रहरीको एक टोलीले आफु लगायत केही महिलाहरुलाई पनि पुरुष प्रहरीले जथाभावी कुटपीट गरेको आरोप लगाएका छन् ।

पीडित साहले भने,‘प्रहरीलाई आफुले अनुरोध गर्दै आफ्नो खुट्टा भाँचेर स्टिल लागेकोले आफु रेस्टमा बसेको छु भन्दा भन्दै पनि गालीगलौज गर्दै एकासी शरिरको बिभिन्न भागमा जथाभावी कुटपिट गर्न थाले ।’ प्रहरीको कुटाईबाट उनको शरिरको बिभिन्न भागमा निलडाम समेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्