खुलेर हाँस्ने मानिसको यौनजीवन सुखमय हुन्छ : अध्ययन



एजेन्सी : यौन अभ्यासमा हाँस्नु पनि पर्छ । खुलेर कुरा गर्नु पर्छ । आफु आफुमा हास्दै रमाउनु पर्छ ।

मनोवैज्ञानिकहरु हाँसोले मानिसको यौन जीवनलाई सफल र रोमाञ्चक बनाउने तर्क गर्दछन् साथै हाँसोले खुसी र सुखको अनुभव गराउने भएकाले मानसिक तनावबाट पनि मुक्त गराउने उनीहरुको भनाई रहेको पाईन्छ ।

मनोवैज्ञानिकहरुका अनुसार मज्जाको हाँसो हाँस्ने अथवा भित्रै देखी खुलेर हाँस्ने मानिसहरुमा शरिरको तौल सन्तुलनमा रहने र युवा अवस्थामा देखीने बुढौली पनका लक्षणहरुबाट मुक्त हुन्छन् ।

मनोवैज्ञानिकहरु भन्छन् – ‘हाँसोखुसी रहने मानिसहरुको यौन जिवन मात्र होईन शारिरिक र मानसिक अवस्थामा समेत सकारात्मक परिवर्तन आउने गर्दछ ।’

उन्मुक्त हाँस्ने मानिसको मस्तिस्कमा बिशेष खालको रसायन उत्पन्न हुन्छ जस्ले सारा तनावहरुलाई एकै पटकमा भुलाईदिन्छ ।

त्यस्तै बढी हाँस्ने मानिसहरुमा उत्पन्न हुने बिशेष खालको हर्मोनले यौन क्षमता तथा कामेच्छा बढाउन पनि सहयोग गर्छ ।

यसअघिका विभिन्न अध्ययनले पनि नियमित हाँसोले मानिसको आयु बढ्ने तथ्य सार्वजनिक गरेको थियो ।

यौन तथा रोमान्सको रोमाञ्चकता बढाउनका लागि दिनमा कम्तिमा १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने यौन मनोविज्ञहरुको भनाइ छ ।

त्यस्तै हाँसो खुसी रहने मानिसहरुको मानसिकता पनि सकारात्मक रहने र त्यसले यौन साथिसंगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग र्पुयाउने उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्