लहानमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु



लहान: पोखरीमा डुबेर सिरहा लहान नगरपालिका १५ मोहनपुरमा आज एक बालिकाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा लहान नगरपालिका १५ मोहनपुरकी निर्मल ठाकुरको १३ वर्षीया छोरी चुन्दनकुमारी ठाकुर रहेको प्रहरीले जनाएको छ।

 

घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्