वेलायती प्रधानमन्त्रीद्वारा प्रतिपक्षीसँग वार्ता प्रस्ताव



लण्डन : बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले ‘कस्टम यूनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भइरहेका समय प्रधानमन्त्री टरिजा मेले प्रतिपक्षी दलका नेता जेरमी कर्बिनसँग छलफल गर्ने भएका छन् । 

मेले प्रतिपक्षी दलका नेता कर्बिनद्वारा एक पत्रमार्फत ब्रेक्जिटबारे राखेका पाँच मागमा सम्झौताकारी जवाफ दिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । 

सोमबार स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको पत्रबारे मेले आइरिस समस्याको ‘वैकल्पिक समाधान’ खोज्न र कडा सीमा नीतिलाई लागू नगर्ने प्रतिवद्धता जनाउनका लागि आफूले दुई दलबीच छलफल गर्न चाहेको बताएका छन् । लेबर पार्टीले मेको पत्रको जवाफ दिइसकेको छैन । 

कस्टम यूनियनका बिषयमा उनीहरूबीच भिन्नता रहँदै आएको छ । तर मेले कर्बिनको कुनै पनि शर्तलाई पत्रमा सिधै अस्वीकार गरेका छन् । स्थानीय विश्लेषकले मेको भाषा थप सूक्ष्म भेदयुक्त रहेको बताएका छन् । निजी विचारका रूपमा प्रधानमन्त्रीका सहयोगीले भने स्थायीरूपमा कस्टम यूनियन राख्ने कुरा स्वीकार्ने सम्भावना नरहेको बताएका छन् । 

यस पहिले कर्बिनले प्रधानमन्त्रीलाई लेखेको पत्रमाइयूका लागि छुट्टै सम्झौता गरी बेलायतभरको लागि स्थायी र विस्तृत ‘कस्टम यूनियन’ को माग गरेका थिए तर दुबैको बाह्य कर भने एउटै हुने बताइएको छ । 

नयाँ बैठकको तिथि तय भएको तर मे को पत्रमा दुई पक्ष सकेसम्म छिट्टै छलफलमा बस्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्