के यो सुन्दर उपत्यका रहिरहन्छ !(फोटोफिचर)



काठमाडौं : काठमाडौं उपत्यका यति धेरै सुन्दर छ भन्ने धेरैलाई विश्वास नलाग्न पनि सक्छ । सधैं धुलाम्मे, हिलाम्मे, फ्रुस्रो, प्रदूशित र भिडभाड देखिने काठमाडौं उपत्यका अहिले मनमोहक भएको छ ।

काठमाडौंको वातावरण अहिले मनमोहक भएको छ, जताततै हरियाली अनि स्वच्छ,सफा र सुन्दर छ ।

उपत्यकाको यो अभुतपूर्व सौन्दर्यले मनमग्न बनाउँछ, बसन्त ऋतुको हरियाली अनि लकडाउनले वर्षौंपछि सुस्ताउने मौका पाएको काठमाडौंको यो दृश्य सायदै न भूतो न भविष्यति ।

कोरोनाभाइरस रोगको संक्रमण नियन्त्रणका लागि विश्व लकडाउनमा छ । यसले सर्वसाधारण नागरिकलाई समस्या त भएको छ तर कोरोनाको संक्रमण विकराल नहोस् भन्नका लागि तत्काललाई विकल्प पनि त छैन ।

नेपाल ४९ दिनदेखि लकडाउनमै छ । तर, हिजो (आइतबार)देखि सरकारले उपत्यकामा सरकारी कार्यालय र बैंक वित्तय संस्था खेलेसँगै सडकमा सवारी जाम देखिन थालेको छ । सरकारले उपत्यकामा गाडी चलाउन टाईम कार्ड लागू गरेको छ ।

लकडाउनपछिको उपत्यका नौलो त छँदैछ, आनन्दित पनि बनेको छ । तर, के यो सुन्दरता यसरीनै रहिरहन्छ ? यस सौन्दर्य जोगाइ राख्न सबैले आआफ्नो तर्फबाट प्रयास गर्नुपर्ने देखिएको छ ।

फोटो : सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्