वर्षा र सन्जोगको इन्गेजमेन्ट, भ्यालेन्टाइन डेमा विवाह



काठमाडौं : भ्यालेन्टाइन डे अर्थात फेब्रुअरी १४ का दिन विवाह बन्धनमा बाँधिन लागेका अभिनेत्री बर्षा राउत र अभिनेता सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका वर्षा र सन्जोगको इन्गेजमेन्ट सोमबार बेलुकी भएको हो । उनीहरुले पारिवारिक समारोहकाबीच औंठी साटासाट गर्दै औपचारिक रुपमा बिहे पक्का गरेका हुन् ।

वर्षा र सन्जोग दुबैले आफ्नो इन्गेजमेन्टको तस्वीर फेसबुकमा पोस्ट गरेका छन् । सन्जोगले सबैका कथा सुन्दर भएपनि आफूलाई सबैभन्दा मनपर्ने कथा आफूहरुको भएको लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्