बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित



काठमाडौं : तीन दिनदेखि लगातार पानी परेपछि केही खुलेको काठमाडौं उपत्यका मंगलबार बिहान फेरि बाक्लो हुस्सुले ढाकिएको छ । बाक्लो हुस्सुका कारण मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ ।  

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडान र अवतरण बिहानैदेखि प्रभावित भएपछि यात्रु विमानस्थलमा अलपत्र परेका छन् । भिजीबिलिटी कम भएको कारण बिहानका सबै उडान र अवतरण प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।  

आन्तरिक उडानका लागि कम्तीमा १६ सय र अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा ३ हजार मिटर भिजिबिलिटी आवश्यक पर्दछ । 

काठमाडौं उपत्यकाको भिजिबिलीटी बिहान ५० मिटर मात्रै रहेकोमा अहिले बढेर एक किलोटिरसम्म पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

उडानका लागि आवश्यक भिजिबिलिटी पुग्न अझै केही समय लाग्ने महाशाखाको अनुमान छ। 

प्रतिक्रिया दिनुहोस्