रोकी राखेको ट्रयाक्टरमा कार ठोक्किँदा एकै परिवारका ६ घाइते



विराटनगर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोसी गाउँपालिका–१ मा सोमबार राति भएको दुर्घटनामा एकै परिवारका छ जना घाइते भएका छन् । 

सडकमा रोकेर राखेको को १ त ६१२६ नम्बरको ट्रयाक्टरको पछाडि भागमा बा १७ च १४२ नम्बरको कार ठोक्किएर दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

दुर्घटनामा कारमा सवार काठमाडौं जोरपाटीका ६५ वर्षीय पीताम्बर खतिवडा, उनकी श्रीमती ५९ वर्षीय मिना खतिवडा, कार चालक उनकै छोरा ४० वर्षीय निर्मल खतिवडा, बुहारी ३० वर्षीय सृजना खतिवडा, नाति १० वर्षीय निश्चल खतिवडा र १६ महिनाका नाति निर्भार खतिवडा घाइते भएका छन् । घाइते मध्ये पीताम्बर र मिनाको अवस्था गम्भीर छ । 

घाइेतहरुको जिल्ला अस्पताल इनरुवामा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्