भ्रष्टाचारसम्बन्धिको नियम तोडेको भन्दै अफगानी क्रिकेटर शफिकलाई ६ वर्षको प्रतिबन्ध



एजेन्सी : अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई ६ वर्षको प्रतिबन्ध लगाइएको छ। भ्रष्ट्राचारसम्बन्धिको नियम तोडेको भन्दै शफिकलाई सबै खाले क्रिकेटमा ६ वर्षको प्रतिबन्ध लगाएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ।

शफिकलाई अफगानिस्तान प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगमा म्याच फिक्सिङ गरेको आरोप लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्