ला लिगाका पाँच खेलाडीमा कोरोनाको संक्रमण



काठमाडौं स् स्पेनिस ला लिगा फुटबलका पाँच खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ । आइतबार गरिएको परिक्षणमा पाँच खेलाडीमा संक्रमण देखिएको र उनीहरु आइसोलेसनमा रहेको .ला लिगाले जनाएको छ ।

खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन। क्लबले प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीको परिक्षण गरिरहेको छ । कोरोनाको महामारीको कारण स्थगित लिग आगामी जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्