मोटरसाइकल पल्टिंदा चालकको मृत्यु



काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा मंगलबार बिहान मोटरसाइकल पल्टिंदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छन् ।

बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिंदा दुर्घटनामा भई गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्