परी, उड्न देउ’ को निर्माण घोषणा



काठमाडौं : नायक बिपीन कार्कीलाई लिएर फिल्म ‘परी, उड्न देउ’को निर्माण घोषणा भएको छ ।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा यस फिल्म निर्माणको घोषणा गरिएको छ ।

यो फिल्म सामाजिक कथावस्तुमा आधारित छ । यस फिल्ममा बिपीनको अपोजिटमा नव–नायिका  सृष्टि खड्का रहने निर्माण युनिटले जनाएको छ ।

यस फिल्मबाट म्युजिक भिडियो सम्पादकका रुपमा चर्चा बटुल्न सफल निशान कश्यप (घिमिरे) निर्देशकको रूपमा डेब्यु गर्दैछन् ।

यस फिल्मको छायांकन आगामी वर्ष २०७६ को बैशाख अन्त्यबाट सुरु हुनेछ । यस फिल्मलाई काठमाडौं, चितवन र भारतको राजस्थान लगायतका स्थानमा छायांकन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्