दक्षिण कोरियाका अधिकारकर्मी उत्तर कोरियामा



सोल : दक्षिण कोरियाका नागरिक अधिकारकर्मीको एक समूहले मङ्गलबार उत्तर कोरियाको भ्रमण सुरु गरेकाे छ । नयाँ वर्षको अवसरमा दुवै देशका तर्फबाट संयुक्त कार्यक्रम प्रस्तुत गर्न तथा दुई देशबीचको अन्य विषयगत रुपमा आवश्यक परामर्शका लागि सो समूहले उत्तर कोरियाको भ्रमणमा गएका हुन् । 

मङ्गलबार उत्तर कोरियाको भ्रमणका लागि पुगेकाे सो समूहमा २ सय ५० जना सहभागी रहेका बताइएको छ । सो समूहमा श्रमसम्बन्धी संगठनका प्रतिनिधि, प्रमुख धार्मिक संघसंस्थाका प्रतिनिधि, महिला तथा किसान छन् । साथै यस समूहमा दक्षिण कोरियाका केही सांसद, पत्रकार र सहयोगी सदस्य पनि छन् ।  

यस वर्ष पनि यी दुवै देशका तर्फबाट उत्तर कोरियामा संयुक्त कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । सोही प्रयोजनका लागि विभिन्न क्षेत्र र व्यवसायका नागरिकले उत्तर काेरियाको भ्रमण गरेका हुन् । उक्त समूहका सदस्यहरुले आ–आफ्नो क्षेत्रका उत्तर कोरियाली विभिन्न व्यक्ति तथा पदाधिकारीसँग पनि भेटवार्ता गरेका छन्। उनीहरुले त्यहाँका नेतासँग पनि शिष्टाचार भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्