विवाहको कार्ड छापेपछि रोकिएको थियो सलमान खानको विवाह, कसको नाम थियो कार्डमा ?



एजेन्सी : बलिउडका सलमान खानका फ्यानहरू उनको विवाहबारे जान्नका लागि पर्खिरहेका हुन्छन्।

हालसालै फिल्म निर्माता साजिद नाडियाडवालाले सलमान खानको विवाहबारे ठूलो खुलासा गरेका थिए ।

सिनेमा निर्माता तथा सलमानका साथी साजिद नाडियाडवाले कपिलले सलमान खानको विवाहबारे प्रश्न पछि उनको विवाह बारेमा खुलासा गरेका हुन्।

साजिदलाई थाहा भए अनुसार सलमान खान सन् १९९९ मा विवाहका लागि पूर्ण रूपमा तयार थिए। विवाह कार्ड पनि वितरण भइसकेको थियो तर विवाह हुनु ६ दिन अघि सलमानले विवाह गर्न अस्वीकार गरिदिए।

साजिदको भने सोही साल विवाह भएको थियो।

सलमानले विवाह गर्न किन अस्वीकार गरे भन्नेबार‍े भने साजिदले थप केही बताएनन्।

तर उनका फ्यानहरुको नजरबाट हेर्ने हो भने अर्कै कथा पनि हुनसक्ने अनुमान लगाइएको छ।

जुन साल सलमानको विवाहको कुरा भएको थियो, उही साल सलमान खान र ऐश्वर्या रायको फिल्म ‘हम दिल दे चुके सनम’ रिलीज भएको थियो। फिल्म पछि सलमान र ऐश्वर्या रायको सम्बन्ध चर्चाको चुलीमा थियो।

तर सलमान खानको विवाहको लागि छापिएको कार्डमा ऐश्वर्या रायको नाम लेखिएको थियो वा अरु कसैको भन्ने अझै रहस्यमा नै छ।

प्रतिक्रिया दिनुहोस्