बलात्कार मुद्दाका आरोपी अदालतबाटै फरार



कैलाली : कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् । 

जबरजस्ती करणी मुद्दाका आरोपी कैलालीका लम्की दिल्प दमाईलाई जिल्ला अदालतमा म्याद थपका लागि प्रहरीले जिल्ला अदालत ल्याएको थियो । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक जनक सिंहले जिल्ला अदालतमा म्याद थपका लागि लगेको बेला कागजी काम गर्ने समयमा प्रहरीलाई झुक्याएर फरार भएको बताए । 

म्याद थपका लागि अदालत लगेको बेला फरार भएका दमाईको व्यापक खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख आभुषण तिमिल्सेनाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्