नेपाली व्यवसायीक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधन



काठमाडौं: नेपाली व्यवसायीक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधन भएको छ। ७९ वर्षीय ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो। चिकित्सकका अनुसार उनलाई माइल्ड अट्याक भएको थियो। 

 

ज्ञवाली नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हुन्। कान्तिपुर प्रकाशनको सुरुवाती चरणदेखि उनी अध्यक्षको रुपमा थिए। उनी सरकारी सेवाको उच्च तहबाट निवृत हुन्। ज्ञवालीे नेपाली समाज, साहित्य, संस्कृति र पूर्वीय दर्शनका गहन अध्येता हुन्। 

 

निजी क्षेत्रबाट पत्रकारिताको विकासमा उनको विशेष योगदान रहेको छ। २०४६ सालको जनआन्दोलन पछि पत्रिका प्रकाशनलाई व्यवसायीकता दिन विशेष योगदान दिएका थिए। ज्ञवालीकाे वि.स. १९९५ चैत्र रामनवमीमा गुल्मीमा जन्म भएकाे थियाे। उनका श्रीमती र तीन छोरा छन्।

प्रतिक्रिया दिनुहोस्