कोरोनाका कारण महिला विश्वकपको छनोट स्थगित



काठमाडौं : श्रीलंकामा तय भएको आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित भएको छ । कोरोनाका कारण जुलाईमा तय भएको महिला विश्वकप छनोट स्थगित गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जनाएको छ ।

सन् २०२१ मा न्युजिल्याण्डमा आयोजना हुने विश्वकपका लागि छनोट खेल जुलाई ३ देखि १९ सम्म हुने तालिका रहेको थियो ।

यस्तै आईसीसीले यू-१९ विश्वकपका लागि युरोपियन छनोट समेत स्थगित गरिएको जनाएको छ । सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट डेनमार्कमा हुने तय थियो । छनोट खेल जुलाई २४ देखि ३० सम्म हुने बताईएको थियो ।

प्रतिक्रिया दिनुहोस्