रित्तिँदै उपत्यका, अहिलेसम्म कतिले छाडे



काठमाडौं : नेपालीहरूको महान् चाड विजयादशमी मनाउन आआफ्नो घर जाने यात्रुको संख्या दैनिक वृद्धि भइरहेको छ ।

बजारमा किनमेलका लागि भीडभाड बढेको छ भने काठमाडौं उपत्यका छोड्ने यात्रुको संख्या पनि हरेक दिनजसो बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार १ लाख ५७ हजार ९५१ यात्रु दसैंका लागि बाहिरिएका छन् । त्यसभन्दा अघिल्लो दिन बिहीबार १ लाख १० हजार ३२७ जना यात्रु बाहिरिएका थिए ।

सरकारले ५ असोजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोलेको थियो । त्यस दिनदेखि शुक्रबारसम्म १८ लाख १३ हजार ६०१ यात्रुले उपत्यका छाडेको महाशाखा प्रमुख वसन्त पन्तले बताए । उनका अनुसार फूलपातीका दिनसम्म २० लाख यात्रु बाहिरनेछन् भने अष्टमीसम्म उपत्यका सुनसान हुनेछ ।

 

आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्