हिउँदे वर्षाले पाँच करोड इँटा नोक्सान



धादिङ: वर्षाले धादिङ जिल्लामा करोडौं मूल्य बराबरको इँटामा क्षति पुगेको छ। एकसाता अघिदेखि परेको वर्षाले जिल्लाका विभिन्न ठाउँमा रहेका इँटा उद्योगमा चार करोड ८५ लाख ३० वटा भन्दा बढीको काँच्चो इँटामा क्षति पुगेको छ। वर्षाका कारण पोल्नका लागि तयारी अवस्थामा राखिएको इँटा काम नै नलाग्ने गरी बिग्रिएको छ। इँटा उद्योगबाट करीब २३ करोडको नोक्सान भएको धादिङ इट्टा व्यावसायी संघका अध्यक्ष एकराज गजुरेलले जानकारी दिए। 

लगातारको वर्षाले गर्दा इँटा बनाएर राखेका ठाँउहरु पानी जमेको छ। पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटाहरु काम नै नलाग्ने भएर बिग्रएपछि उद्योग संञ्चालकहरु चिन्त्तामा रहेको अध्यक्ष गजुरेलले जानकारी दिए। ‘हिउँदे वर्षाले काँच्चो इट्टामा क्षति पुर्‍याएको छ’, अध्यक्ष गजुरेलले भने, ‘धादिङ जिल्लामा रहेका प्रत्येक इँटा उद्योगहरुमा दशलाख देखि २० लाखसम्म पकाउनका लागि तयारी अवस्थामा राखिएको काँच्चो इँटा रहेका छन्।’ अहिले जिल्लामा संचालित करोडौँ इट्टा उद्योग संचालकहरु मर्कामा परेका छन्।  

मंसिर महिनादेखि बैशाख महिनासम्म इट्टा उत्पादनको समय हो। बर्षभरीको माग धान्नका लागि सोही समयमा करोडौं इट्टाहरु तयार पारेर राखिन्छ। तर, यसबर्ष सिजनकै मध्यभाग माघको अन्तिमतिर परेको वर्षाका कारण करोडौं इट्टा गलेर नष्ट भएको गजुरेलले बताए। ‘सिजनको मध्य भाग माघ अन्तिमतिर परेको वर्षाका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु परेको छ’, अध्यक्ष गजुरेलले भने, ‘यसले यस बर्ष धादिङमा इट्टाँ उत्पादन कम हुने निश्चित भएको छ।’ 

महङगो ब्याजमा बैकसंग ऋण लिएर उद्योग खालेको र सामान जति सबै वर्षाका कारण बिग्रिएपछि अब बैकको ऋण समेत कसरी तिर्ने भन्ने समस्यामा परेको उद्योगीहरुको भनाई छ। काँच्चो इँटाको बिमा पनि नहुने सरकारबाट उद्योगीहरुलाई क्षतिपूर्ति पनि  नआउनाले उद्योगीहरुले घाटा बेहोर्नु परेको खवर नागरिकमा छ । इँटा उद्योगीहरुसंग राज्यले कर लिने तर विपद्मा कुनै किसिमको सहयोग पनि नगर्ने भन्दै सरकारले आफुहरुलाई क्षति पुर्तिको व्यवस्था गरिदिनु पर्ने समेत उद्योगीहरुको माग छ।

प्रतिक्रिया दिनुहोस्