डिपिएलमा आज पनि दुई खेल हुँदै



काठमाडौं: रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको तेस्रो दिन बुधबार पनि दुई खेल हुँदै छन। 

फाप्ला क्रिकेट मैदानमा विहान नौ बजे हुने पहिलो खेल काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच हुँदै छ। दोस्रो खेल भने दिउँसो १ बजे सोही मैदानमा धनगढी स्टार्स र बिराटनगर किंग्स भिडदै छन।

धनगढी स्टार्स र बिराटनगरले आफ्ना सुरुवातका दुई खेल गुमाइसकेका छन। त्यस्तै काठमाडौं गोल्डेनसले पहिलो खेलमा धनगढी स्टार्सलाई पराजित गरेको थियो । त्यस्तै महेन्द्रनगर युनाइटेड आफ्नो पहिलो खेल गुमाएको थियो।

प्रतिक्रिया दिनुहोस्