स्पेनमा ११३ वर्षीया वृद्धा कोरोनामुक्त



एजेन्सी : स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी छन् ।

अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उहाँ विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आएकी थिइन् । उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल भएकी र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताइन् । उनले भनिन्, “मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र उहाँको नतिजा नेगेटिभ देखिएको थियो ।”

तीन सन्तानकी आमा मारियालाई केही साता उहाँकै कोठामा आइसोलेसन (एकान्तबास) मा राखिएको थियो । उनको देखभालका लागि एक जना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो । क्याटालान टेलिभिजन टिभी३ ले शताब्दी वृद्धाको समाचार कथा प्रशारण गरेको छ । टेलिभिजन फुटेजमा मारियाले आफूलाई केएर होमका कर्मचारीले निकै माया गरेको बताएकी छिन् ।

एक जना कर्मचारीले यति दिर्घ जीवनको रहस्य के होला भनेर सोधेको प्रश्नको जवाफमा मारियाले भनिन्, “म स्वस्थ रहन पाएकामा आफूलाई निकै भाग्यमानी सम्झन्छु ।”

यस केएर होममा कोरोनासँग सम्बन्धित स्वास्थ्य जटिलताका कारण धेरै जनाको ज्यान गएको केएर होमकी प्रवक्ताले बताइन्।

मारियाका बारेमा हालैका वर्षहरुमा स्पेनी मिडियामा धेरै लेखरचना प्रकाशन भइसकेका छन् । उनी स्पेनमै सबैभन्दा बढी उमेरकी व्यक्तिका रुपमा सम्मानित हुन्।

मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा मार्च ४, १९०७ मा भएको थियो । उनका स्पेनी बुबाको अमेरिकामा पत्रकारिता थियो ।

मारिया आफ्ना परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्कएकी थिइन् । उनी सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि बाँच्न सफल भएकी थिइन् ।

स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार हालको कोरोनाभाइरसको महामारीबाट स्पेनमा २७ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युरोप र अन्य क्षेत्रका मुलुकझैं स्पेनमा पनि ज्येष्ठ नागरिकहरु कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास

कैलाली : धनगढी आउँदै गरेको ना४ख ९९ नम्बरको बस अछाममा दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरी : बर्दिवासको बालिका हत्या प्रकरणको सुक्ष्म छानबिन शुरु भएको छ । बर्दिवास–१४ शुभम् बस्तीकी

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जनाएको छ

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या आएपछि लामिछाने ह्याम्स

काठमाडौं : चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको