शान्तिका लागि बंगलादेशको प्रतिवद्धता



एजेन्सी : स्थायी शान्तिबारे संयुक्त राष्ट्रसंघको सोचप्रति बंगलादेशको पूर्ण समर्थन रहने राष्ट्रसंघका लागि बंगलादेशका विशेष प्रतिनिधिले बताएका छन् ।

शान्ति स्थापना अभियानका लागि संयुक्त राष्ट्रसंघको विशेष समितिमा बोल्दै राष्ट्रसंघका लागि बङ्गलादेशका विशेष प्रतिनिधि मसुद बिन मोमेनले भने, ‘बंगलादेशले राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेसले शान्तिको पहलका लागि गरेको आह्वानलाई पूर्णतया पालना गर्छ, समर्थन गर्छ ।’

‘महासचिवको शान्ति र सुरक्षाको संरचनागत सुधारलाई हामी स्वागत गछौं’, उनले भने–‘हामीले चाहन्छौं राष्ट्रसंघीय शान्ति कार्यक्रमबाट सुधार प्रयासको सकारात्मक प्रभावले सम्बन्धित देशको सुरक्षा तथा प्रक्रियागत सुधार तथा सामरिक प्रभावकारिताका लागि हाम्रो जोड रहनेछ ।’

शान्ति स्थापना र विदेश नीतिबारेमा बङ्गलादेशको महत्वपूर्ण प्राथमिकता रहने गरेको छ,उनले बताए ।

विश्वव्यापी शान्ति स्थापनार्थ धेरै सेना पठाउने मुलुकमध्ये बङ्गलादेश पनि एक महत्वपूर्ण मुलुक हो । 

प्रतिक्रिया दिनुहोस्