कोरोनाकाबीच सुरु हुन लागेका अभ्यासमा ‘ट्याकल’ गर्न प्रतिबन्ध



एजेन्सी : प्रिमियर लिगका क्लबहरुले सोमबारबाट अभ्यास सुरु गर्ने भएका छन् । लिग सुरु गर्नुअघि पहिलो चरणको अभ्यास सोमबारबाट सुरु गर्ने क्लबहरुको तयारी छ । कोरोनाकाबीच सुरु हुन लागेको अभ्यास सत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाईने भएको छ ।

अभ्यासका दौरान खेलाडीले ट्याकल गर्न पाउने छैनन्, खेल अघि मैदान पूर्ण रुपमा किटाणु रहित तरिकाले सफा गरिनेछ, समूहमा ५ भन्दा धेरै खेलाडी जम्मा हुन पाउने नियम बनाईएको छ ।

यस्तै, अभ्यास सत्रका लागि तयार गरिएको परिपत्रमा साप्ताहिक रुपमा दुई पटक स्वास्थ्य परिक्षण र दैनिक प्रशिक्षण अघि प्रश्नावली र खेलाडीको तापक्रमको जाँच गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्