यसरी गर्ने मस्तिष्कको व्यायाम



काठमाडौं: व्यायाम मानिसको जीवनशैलीको एउटा अंग हो । यसले शरीरलाई फिट मात्र गराउँदैन, मानसिक स्वास्थ्यका लागि पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । यस्ता व्यायामले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

– मस्तिष्कको स्वास्थ्यका लागि सामान्यतया योग, नृत्य, हिँडाइ, जिम वा अन्य विभिन्न व्यायाम गर्न सकिन्छ । 

-सकेसम्म हेभी एक्सरसाइज गर्नुहुँदैन । मध्यम खालको एक्सरसाइजले नै बढी फाइदा गर्छ । शरीरको अवस्था हेरी हिँडाइको एक्सरसाइज गर्नुपर्छ । सकेसम्म बिस्तारै हिँड्ने एक्सरसाइज गर्दा राम्रो हुन्छ ।

– पौडी सबैभन्दा उत्तम व्यायाम हो । यसले शरीरका हरेक सूक्ष्म अंगलाई पनि फाइदा पु-याउने गर्छ । त्यसैले, हप्ताको एक दिन स्विमिङ गर्दा निकै 

राम्रो हुन्छ । 

– व्यायामको अर्को पाटो आराम पनि हो । हामीले हेभी एक्सरसाइज ग-यौँ वा काम ग-यौँ, तर आराम गरेनौँ भने त्यसले मस्तिष्कमा नकारात्मक असर पु-याउँछ ।

– व्यायाममा प्राणायाम निकै उपयुक्त हुन्छ । यसले ब्रेनमा सकारात्मक प्रभाव पार्छ । प्राणायामले ब्रेनको एन्टिअक्सिडेन्टमा ठूलो भूमिका निर्वाह गर्छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्