सुर्खेतमा अनावश्यक हिँड्डुल नगर्न आग्रह



काठमाडौं : जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनावश्यक हिँड्डुल गर्न रोक लगाएको छ। आज एक सूचना जारी गर्दै प्रशासनले कोरोना भाइरसको महामारीबाट बच्न अनावश्यक हिँड्डुल नगर्न आग्रह गरेको हो।

यस्तै यसअघि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सम्पूर्ण सवारी पास (इ-पास, साधारण पास) जेठ १ गतेदेखि लागु हुनेगरी रद्द गरिएको छ। सुर्खेतबाट अन्य जिल्ला जाने पासलगायत कुनै पनि पास वैशाख ३१ गतेदेखि जारी नगरिने पनि प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्