चर्चित इंग्लिश गोलकपर गोर्डनको निधन



एजेन्सी: सन् १९६६ को फिफा विश्वकप फुटबल विजेता टोलीका इंग्लिश गोलकिपर गोर्डन ब्याङ्सको निधन भएको छ । गोर्डनको ८१ वर्षको उमेरमा गयराती निधन भएको जनाएको छ । इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उपाधि जित्दा ब्याङ्स गोलकिपर थिए । उनले उक्त विश्वकपमा उत्कृष्ट प्रदर्शन समेत गरेका थिए ।

उनले सो विश्वकपमा जम्मा तीन गोल मात्र बेहोरेका थिए । उक्त विश्वकपको सेमिफाइनलमा उनीविरुद्ध पोर्चुगलका युसुबियोले पेनाल्टीमा गोल गरेका थिए । यस्तै फाइनलमा पश्चिम जर्मनीले इंग्ल्यान्डविरुद्ध दुई गोल गरेका थिए । ब्याङ्कसलाई इंग्ल्यान्डले पाएको गोलकिपरमध्ये उत्कृष्ट समेत मानिन्छ ।

६ पटक ’फिफा गोलकिपर अफ दि इअर’ चुनिएका उनले इंग्ल्याण्डका लागि ७३ म्याच खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्