आजदेखि सेयर बजार बन्द



काठमाडौं : आज (मंगलबार)देखि सेयर बजार बन्द भएको छ । सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ ।

लकडाउनकै बीचमा २ दिन खुलेको बजारमा लगातार ओरालो लागेपछि ठूला लगानीकर्ताहरुले बजार बन्द गराउन माग गरेका थिए ।

आज (बिहीबार) बिहान बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक समितिको बैठकले आजैदेखि सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरेको छ ।

सोही निर्देशनअनुसार आजदेखि सेयर बजार बन्द हुनेछ ।

सरकारको अनुमतिमा मंगलबारदेखि सेयर बजार खुले पनि कोरोनाको जोखिम झनै बढ्दै गएपछि बन्द गर्ने निर्णय भएको सेबोनका प्रवक्ता निरज गिरीले बताए ।

सामान्य अवस्थामा दैनिक ५ घण्टा सेयर कारोबार हुँदै आएकोमा कोरोना महामारीकाबीच अहिले २ घण्टाका लागि बजार खोलिएको थियो ।

तर, डेढ घण्टा पनि नपुग्दै कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो । अझ बुधबार त बजार खुलेको ४० मिनेटमा नै सर्किट ब्रेक लागेर बन्द भयो ।

प्रतिक्रिया दिनुहोस्