जनयुद्ध दिवसमा बाबुरामको पनि ‘शुभकामना’ 



काठमाडौं: नयाँ शक्ती पार्टीका संयोजक तथा माओवादीका पुर्व नेता डा. बाबुराम भट्टराईले जनयुद्धलाई नभुल्न आग्रह गरेका छन् । अहिले अलग पार्टीमा रहेपनि तत्कालीन  माओवादीमा ‘जनयुद्ध’ का रणनीतिकार मध्ये एक  पूर्वप्रधानमन्त्री भट्टराईले युद्ध नभुल्न आग्रह गरेका हुन् ।

उनले आज ट्विट गर्दै भनेका छन्, ‘‘नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस ( फागुन १ गते ) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं!’’

प्रतिक्रिया दिनुहोस्