अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा नेपालका कमललाई स्वर्ण



काठमाडौं : नेपालका कमल श्रेष्ठले विश्व अनलाईन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । फ्रान्समा जारी अनलाईन च्याम्पियनसिपको ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जितेका हुन् ।

नेपाल पुलिस क्लबबाट खेल्ने कमलले नेपालकै दुई खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन् ।
च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले भाग लिएका छन् । अब ५० वर्ष मुनि लक्ष्मण बहादुर ऐरको प्रतिस्पर्धा बाँकी रहेको छ ।

 भिडियो –

प्रतिक्रिया दिनुहोस्