प्रदेश ३ सरकारले टेरेन केन्द्रकाे निर्णय



काठमाडौं : केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउँदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक-एक वटा मात्र राख्ने निर्णय गरेको छ ।

 

उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आपत्ति जनाएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ । 

 

केही दिनअघि प्रदेश ३ को मन्त्रीपरिषद बैठकले मकवानपुर र सिन्धुलीमा दुई-दुईवटा डिभिजन वन राख्ने गरी करिब तीन महिनाअघि पारित ओएन्डएम भत्काउँदै एक-एकवटा मात्र राख्ने र बढी कर्मचारी केन्द्रमै फिर्ता गरिदिने निर्णय गरेको थियो । 

 

प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त निर्णय संघीय मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्