छ जिल्लाका प्रहरी प्रमुख फेरिए



काठमाडौं: प्रहरी प्रधान कार्यालयले १२ जना एसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै १२ जना एसपीको काज सरुवा गरेको जनाएको छ। सरुवा अनुसार ६ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

काज सरुवाको सूचीअनुसार एसपी केदार ढकाललाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट महानगरीय प्रहरी अपराध महाशाखामा सरुवा गरिएको छ।झापामा दिनेश मैनाली, सर्लाहीमा गोपालचन्द्र भट्टराई, रौतहटमा भुपेन्द्र खत्री, कञ्चनपुरमा दिनेश आचार्य, मकवानपुरमा मुकेशकुमार सिंह तथा बागलुङमा कृष्णहरी शर्मा पोखरेललाई खटाइएको छ।

त्यस्तै धुव्रराज राउतलाई हेटौंडा गण, दिपकराज खरेललाई १ नम्बर गण, योगबहादुर पाललाई प्रदेश नम्बर २ ट्राफिक कार्यालय पथलैया, कुबेर कडायतलाई पहरा गण सामाखुशी र केदार ढकाललाई अपराध महाशाखामा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्