जनयुद्ध दिवस पार्टीलाई अमान्य : माधव नेपाल



जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टीको नाममा देशव्यापी रुपमा जनयुद्ध दिवस मनाइरहँदा सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई जनयुद्ध दिवस मान्य नहुने बताएका छन् । जनकपुरमा बुधबार अनाथ बालआश्रममा रहेका बालबालिकाबारे जानकारी लिन पुगेका बेला उनले भने, ‘जनयुद्ध दिवस मनाउने निर्णय पार्टीको नभई कसैको व्यक्तिगत हो ।’ उनले थपे, ‘पार्टीको परिपार्टीलाई अध्यक्षले पनि बुझेका छैनन् भने बुझ्नुपर्छ ।’

द नेपाल टपसँगकाे संक्षिप्त कुराकानीमा उनले दोहोर्‍याए, ‘कुनै नेताको एकल निर्णयले मनाइरहेको जनयुद्ध दिवस पार्टीलाई मान्य छैन ।’ जनयुद्धका मात्र नभएर सबै आन्दोलनका सहिदको सम्मान गर्नुपर्ने धारणा उनले व्यक्त गरे । सरकार गठनको एक वर्ष पुगेको सन्दर्भ उल्लेख गर्दै सञ्चारकर्मीले यस अवधिका उपलब्धिबारे जिज्ञासा राख्दा नेता नेपालले सरकारको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्न आग्रह गरे ।

सबै नेपालीले नागरिकता पाउनुपर्ने बताउँदै नेता नेपालले भने, ‘विदेशीलाई दिनु हुन्न तर सबै नेपालीले नागरिकता पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्