कोशी कोरोना अस्पतालबाट थप एक जना भए डिस्चार्ज



विराटनगर : कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना डिस्चार्ज भएका छन् । रिर्पोट नेगेटिभ आएपछि आज उनलाई डिस्चार्ज गरिएको हो।

डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । उनी डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्