विना स्वीकृत कोरोना संक्रमितको जिनेटिक अनुसन्धान गरेको भन्दै स्पष्टिकरण माग


काठमाडौं : नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) को परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ ।

परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. रञ्जित शाह र प्रयोगशालकै डा. रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, महाशाखाकै डा विवेककुमार लाल र महाशाखाकै डा हेमन्तचन्द्र ओझालाई स्पष्टिकरण सोधेका हुन् ।

ती छ जनाले परिषद्लाई नै थाहै नदिई सङ्क्रमित युवाको स्वाब सङ्कलन गरी अनुसन्धानका लागि विदेशीलाई दिएका थिए । परिषद्ले उनीहरुले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको जिनेटिकको अनुसन्धानमा विदेशीलाई संलग्न गराइ ‘माइक्रोवायोलोजी रिसोर्स अनाउन्समेन्ट’मा प्रकाशन गरेको अनुसन्धानमूलक लेखमा परिषद्को स्वीकृत नलिई प्रकाशन गरेको भन्दै परिषद् ऐन २०४७ को दफा १२ (३) बमोजिम स्पष्टिकरण सोधिएको परिषद्का प्रशासन प्रमुख खरेलले जानकारी दिए ।

परिषद्ले लेख प्रकाशित भएपछि गत वैशाख २६ गते स्पष्टिकरण सोध्ने निर्णय गर्दै उनीहरुलाई स्पष्टिकरणका लागि वैशाख २९ गते पत्र पठाएको थियो । “नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानवस्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्नेमा स्वीकृति नलिइकन अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख प्रकाशन गरेको हुँदा तपाईहरुले परिषद्बाट स्वीकृत नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेवापत तपाईहरुलाई किन कारवाही नगर्ने ?” स्पष्टिकरणमा भनिएको, “कारवाही गर्न नपर्ने कुनै मनासिब कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाणसहित यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र परिषद्मा पेश गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा १२ (३) बमोजिम परिषद्को मिति २०७७ साल वैशाख २६ गतेको निर्णय भएको हुँदा निर्देशानुसार जानकारीका लागि अनुरोध छ ।” रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : गण्डकी प्रदेशमा शुक्रबार बिहान थप दुई जनामा कोरोना पुष्टि भएको छ । तनहुँ

खोटाङ : कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र

वीरगन्ज– प्रतिपक्ष दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला जलाएर

वीरगन्ज– पर्साको सीमावर्ती क्षेत्रबाट छिपहरमाई गाउँपालिकाबाट अवैध रकम २२ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ

काठमाडौं– चीनको वुहान शहरबाट गत डिसेम्वरको अन्तिममा कोरोना भाइरसको संक्रमण फैलिँदा यतिसम्मको भयावह बन्छ भनेर

जनकपुरधामः धनुषामा लकडाउनको मौका छोपेर नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । लामो समयदेखि हुँदै

काठमाडौंः कोरोनाका कारण विभिन्न देशमा अलपत्र परेका नागरिकलाई सरकारले शुक्रबारदेखि उद्धार गरी नेपाल ल्याउने भएको

काठमाडौं : देशभर अहिलेसम्म २ लाख ९ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : आज थप १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट

काठमाडौंः उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौं,

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको

जनकपुरधाम: धनुषामा राज्यमन्त्रीका एकजना सहयोगीसहित ६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । आज