बससँग टेम्पो ठोक्किदा एकजनाको मृत्यु



लहान : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा बुधबार बिहान स्कूल बस र टेम्पो एकापसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पो एकापसमा ठोक्किंदा टेम्पुमा सवार मिर्चैया नगरपालिका–२ निवासी २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताए ।

सोही दुर्घटनामा परी गम्भीर घाइते एकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए । 

प्रतिक्रिया दिनुहोस्