लकडाउन डिस्काउन्टले टेलिकमको नाफा घट्यो


काठमाडाैं : नेपाल टेलिकमले चालू आवको तेस्रो त्रैमासमा ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ४ दशमलव २७ प्रतिशतले घट्न पुगेको छ । कम्पनीले गत आवको सोही अवधिमा ७ अर्ब ९० करोड ३७ लाखभन्दा बढी नाफा गरेको थियो । 

गत वर्ष टेलिकमले कुल सेवाबापत २७ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेकाेमा यस त्रैमासमा २६ अर्ब ८३ रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीले चैत १ देखि रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्दा गत आवको कुल आयको तुलनामा सेवाबापतको आय घट्न पुगेको कम्पनीले जनाएको छ । चालू आवको तेस्रो त्रैमाससम्म यस्तो डिस्काउन्ट रकम कुल ८५ करोड ३३ लाख रहेको छ ।

त्यस्तै, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चैत ११ देखि घोषणा गरिएको लकडाउनका कारणले चैत महिनाको राजस्वमा नकारात्मक असर परेको कम्पनीले बताएको छ । लकडाउनको अवधिमा चैतमा मात्र कम्पनीले टपअपमा प्रदान गरेको १ सय बोनस रकम कुल ५३ करोड ४ लाख बराबरको हुन्छ । सोही अवधिमा शून्य ब्यालेन्स भएका ग्राहकलाई ५ करोड ३ लाख बराबरको जिरो ब्यालेन्स प्याकेज प्रदान गरेको कम्पनीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि

जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

काठमाडौं : सरकारले यस वर्ष पनि तीन दिन गणतन्त्र दिवस मनाउन आह्वान गरेको छ। गृह

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ४७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ४७ जिल्लामा

काठमाडौं : पूर्वी रुकुममा पहिलो पटक कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।घोराहीस्थित राप्ती स्वास्थ्य

काठमाडौं : थप ११४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य

काठमाडौं : वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका