भारत लैजाँदै गर्दा गिट्टीसहित ट्रयाक्टर पक्राउ



जनकपुर : अवैध तरिकाले भारततर्फ निकासी गर्न लागेको गिट्टी लोड गरिएको ट्रयाक्टर सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोेत्तरीको जलेश्वर नगरपालिका वडा नं. ५ बाट गिट्टी लोड गरेर भारत निकासी गर्न लाग्दा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा  ना. ६ त ४८९७ नम्बरको ट्रयाक्टर पक्राउ गर्न सफल भएको जनाइएको छ ।

नियन्त्रणमा लिइएको ट्रयाक्टर जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति विश्वेश्वर थापाले जनाए । 

प्रतिक्रिया दिनुहोस्