आईओसीले स्थापना गर्‍यो ८ सय मिलियनको कोष



एजेन्सी : अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले ८ सय मिलियन पाउण्डको कोष स्थापना गरेको छ । आईओसीको बोर्ड बैठकले कोरोना भाईरसको महामारीविरुद्ध लड्न ८ सय मिलियन पाउण्डको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कोषको रकममध्ये ६ सय ५० मिलियन पाउण्ड आईओसीका स्थगित खेलका लागि प्रयोग गरिने छ । बाँकी १ सय ५० मिलियन भने ओलम्पिक मुभमेन्ट, अन्तर्राष्ट्रिय फेडेरेसन, राष्ट्रिय संघ र आईओसीसँग सम्बन्धित संस्थाहरुलाई प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्