बढी भाडा लिने सार्वजनिक यातायातमाथि कारवाही सुरु, ५ हजारसम्म जरिवाना



काठमाडाैं : बडादशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि ती सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । 

 

“विभागले रु ७०० तोकेको स्थानमा रु एक हजार, रु ४०० तोकेको स्थानमा रु ६०० को चलानी गरेका सवारीलाई कारबाही गरियो, तोकेभन्दा बढी भाडा लिने सवारीभित्र छिरेर तपाईहरूसँग कति भाडा लियो भनी सोद्धा यात्रुले सही सूचना दिएनन्, कोही बोल्नै चाहेनन्”, उनले भने ।

 

बढी भाडा लिने सवारीलाई रु पाँच हजारसम्म जरिवाना गरिएको छ 

प्रतिक्रिया दिनुहोस्