शिख देउरालीमा पुर्ख्याैली नाच



म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ शिखमा ‘शिख पुर्ख्याैली समूह’ द्वारा पुर्ख्याैली नाच प्रदर्शन गरिएको छ । परम्परागत रुपमा पुर्खादेखि गाउँदै, बजाउँदै र नाचिँदै आएकोले यसलाई पुर्ख्याैली नाच भन्ने गरिएको हो । यो नाच लोप भएर नजाओस् र यसलाई जगेर्ना गर्न सकियोस् भन्ने उद्देश्यले नाच प्रदर्शन गरिएको सेते तिलिजा पुनले जानकारी दिए ।

शिख पुर्ख्याैली समूहले गाउँमा कसैको छेवर, विवाह आदि संस्कारमा यो नाच प्रदर्शन गर्ने गरेको पुनले जानकारी दिए । यस नाचमा कलाकारलाई खादा लगाइदिई र शिरको टोपीमा पैसा घुसारी सम्मान गर्नुका साथै झ्याली र मादलको समेत पूजा गर्ने गरिन्छ ।

नाचका लागि एक जना गुर मादले हुने गर्छ भने अन्य सहायक मादले हुन्छन् । त्यसैगरी एकजनाले भट्टयाएर आशीर्वाद प्रदान गर्ने गर्छन् भने अरु कलाकार गोलाकाररुपमा नाच्ने गर्छन् । शिखमा हालै प्रदर्शन गरिएको पुर्ख्याैली नाचमा ३९ हजार १ सय ८५ रुपैयाँ संकलन भएको र सो रकम गाउँको विकासमा लगाइने पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्