गुरिल्ला म्याराथनको उपाधि गुरुङलाई



रुकुम पश्चिम : २४ औँ जनयुद्ध दिवसको अवसरमा आयोजित मौराखारा गुरिल्ला म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङले हात पारेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको म्याराथनमा उनले निर्धारित २३ किलोमिटरको दुरी कुल ३ घण्टा १८ मिनेटमा पार गरेका थिए ।

सानीभेरी गाउँपालिका–३ गरायला तिमिलेका अर्जुन बस्नेत दोस्रो तथा जिल्लाकै मुसिकोट नगरपालिकाका ७ साँखका दुर्गाराज बुढा तेस्रो भएका छन् । 

प्रतियोगितामा रुकुम पश्चिम सहित गोरखा, प्युठान र रोल्पा जिल्लाका जम्मा ६१ जना धावकहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्