होराइजन सेमीफाइनलमा



विराटनगर : लायन्स क्लब अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको बुधबार भएको खेलमा होराइजन क्रिकेट क्लब गुराँस पुस्तकालयलाई ८ विकेटले पराजित गरेर सेमीफाइनलमा प्रवेश गरेको छ । 

विराटनर–१९ मा रहेको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव ४ बलमा सबै विकेट गुमाई ६० रनको झिनो योगफल तयार पारेको थियो । 

जवाफमा ६१ रनको झिनो लक्ष्य पछ्याएको होराइजनले १६ दशमलव २ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको हो । 

भोलिको खेल विराट क्रिकेट क्लब र होराइजन क्रिकेट क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्