
कैलाली : धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको समय थप गरिएको छ । माघ २१ बाट सञ्चालन भएको महोत्सवको तीन दिन थप गरिएको आयोजक उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सव फागुन २ गते सम्म सञ्चालन गर्ने भनिएपनि संघले तीन दिन थप गरि फागुन ५ गतेसम्म सञ्चालन हुने कैलाली उद्योग वाणिज्य संघले निणर्य गरेको छ ।
सुरुका तिन दिन वर्षका कारण महोत्सव प्रभावित भएका कारण ३ दिन समय थप थपीयको उद्योग बाणिज्य संघका महासचिब ओम बहादुर बिष्टले जानकारी दिए । उनले यस वर्ष दर्शकहरुलाई मध्यनजर गर्दै दर्शकको मागअनुसार समय थप गरिएको बताए ।