मुसहरका लागि पक्की घर सहितको नमुना बस्ती



वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा बर्षौ देखि खरको झुप्रोमा बस्दै आएका  मुसहरहरूका लागि एक करोड रुपैयाँको लागतमा पक्की घर बनाइने भएको छ । बुधबार सांसद प्रदीप यादवले नमुना मुसहरवस्तीको शीलन्याश गरेका हुन् । 

नमुना मुसहरवस्ती निर्माणका लागि स्थानीय पूर्वाधार कोषबाट ७० लाख रुपैयाँ र वीरगन्ज महानगपालिकाबाट ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । नमुना मुसहरवस्तीमा विपन्न मुसहरजातिका लागि ४२ वटा एक तल्ले पक्की घर र प्रत्येक घरका लागि एक–एक वटा शौचालय निर्माण गरिने छ ।  

सांसद यादवले मनियारीको मुसहरवस्ती सबै भन्दा पिछडिएको हुनाले पहिलो चरणमा यो बस्तीलाई छनौट गरिएको बताए । नमुना मुसहरवस्तीमै विद्यालय भवन पनि निर्माण गरिने सांसद यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्