पुँजीबजारमा टेलिकमकाे अग्रस्थान कायमै



काठमाडाैं : बजार पुँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको यस साताको कूल १० उत्कृष्ट कम्पनीको सूचीमा टेलिकम नै कायम छ । 

 

सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १७ अर्ब ४५ करोड पुगेको छ । गत साताको तुलनामा टेलिकमको बजार मूल्यमा करीब रु तीन अर्बले वृद्धि भएको हो । गत साता टेलिकमको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड थियो ।

 

सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको छ । 

 

यस्तै दोस्रो नम्बरमा रहेको नबील बैंकको बजार पूँजीकरण रु ७४ अर्ब ८३ करोड छ । गत साता सो बैंकको रु ७५ अर्ब ८८ करोड बराबरको बजार पूँजीकरण मूल्य रहेको थियो ।

यस साता करीब रु एक अर्ब बराबरको मूल्यमा कमी आएको हो । तेस्रोमा यस साता पनि नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको रु ६८ अर्ब ९१ लाख ९० हजार बजार पूँजीकरण मूल्य पुग्दा गत साताको तुलनामा केही वृद्धि भएको हो ।

 

गत साता सो बैंकको रु ६८ अर्ब बराबरको बजार पूँजीकरण मूल्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्