कोरोना भाइरसबाट विश्वमा ३ लाख भन्दा बढीको मृत्यु, ४४ लाख संक्रमित



एजेन्सी : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख नाघेको छ । विश्वभरमा ४४ लाख २० हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका जोन हप्किन्स् न्युनिभर्सिटीले जनाएको छ ।

विश्वमा हालसम्म यस रोगबाट १५ लाख ८० व्यक्ति भने निको भएका जनाइएको छ । विश्वमा ४४ लाख २६ हजार ९३७ कोरोना भाइरस संक्रमित रहेका र ३ लाख १३ हजार ३७० को यस भाइरस संक्रमणबाट मृत्यु भएको स्थानीय समयानुसार शुक्रबार विहान ४ बजे सम्मको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कोरोना भाइरसको प्रकोप अमेरिकामा सबैभन्दा बढी देखिएको छ । अमेरिकामा बुधबारसम्म १४ लाख १३ हजार १२ जना कोभिड १९ को संक्रमित भएका छन् । यस संक्राणबाट भने ८५ हजार ५८१ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठन (डूब्लुएचओ) का आपतकालीन विभागका प्रमुख डा.माइक रायनले बताएका छन् ।

कोरोनाभाइरस एचआईभी संक्रमणको जस्तो विश्व समुदायमा अर्को एउटा भाइरस हुनसक्ने र यो कहिल्यै नहट्न पनि माइकले बताएको सो समाचारमा उल्लेख गरिएको छ ।

‘यो भाइरस अर्को सामान्य रोगको भाइरस जस्तो हुनसक्छ र यो भाइरस कहिल्यै पनि नहट्न सक्छ, एचआईभीको भाइरसको उपचार अहिले पनि छैन र त्यो भाइरसका अहिले पनि गएको छैन’ डब्ल्यूएचओका डा.रायनले सीएनएनको भनाइलाई उद्धृत गर्दै भनेका छन् ।

धेरै देश र संस्थाले यस घातक सरुवारोगको उपचारको लागि खोप तयार गर्न खोजिरहेका छन् । यस कोरोना भाइरसले विश्वभर धेरै राष्ट्रहरूलाई सताएको छ र यसले एउटा अभूतपूर्व सामाजिक र आर्थिक संकटको परिस्थिति जन्माएको छ ।

प्रतिक्रिया दिनुहोस्